मुख्य समाचार

गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु

गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु

एजेन्सी । गाजापट्टीमा इजरायली हवाई आक्रमणमा ११४जनाको मृत्यु भएको छ । 

अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण शुुरु गर्ने बताइरहेका बेला बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो । 

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ । दक्षिणी शहर खान युनिसमा विस्थापित परिवारहरूलाई आश्रय दिने घर र पालहरूमा बम विस्फोट हुँदा महिला र बालबालिकासहित ५६ जनाको मृत्यु भएको स्थानीय नासेर अस्पतालले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका जबालिया शरणार्थी शिविरमा रहेको स्वास्थ्य क्लिनिक र प्रार्थना हलमा गरिएको आक्रमणमा  १३ जनाले ज्यान गुमाएका छन् ।  दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा हवाई आक्रमण भएको बताइएको छ । 

यसैबीच इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको समाचारमा उललेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *