काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीबार रातीबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ भाउ घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ ।
इण्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ ।