ADVERTISING

Breaking News

गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन’ गुम्यो: ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन गुमेको’ टिप्पणी गरेका छन् । पार्टीनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले देउवा नेतृत्वको गठबन्धनलाई अलच्छिना संज्ञा दिएका हुन । अध्यक्ष ओलीले सरकारले जे छोयो त्यही खरानी भइरहेको दाबी समेत गरे ।
अध्यक्ष ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै विनाशकारी हुन सक्ने आरोप समेत लगाए । सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको उनको टिप्पणी छ ।
अध्यक्ष ओलीले डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको समेत बताए । गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले अहिले एमालेविरुद्ध कम्युनिष्ट विरोधी, प्रगति विरोधी र राष्ट्रियता विरोधि एक ठाउँ आइपुगेको टिप्पणी गरे ।

leave a reply