नयाँ दल दर्ता प्रक्रिया असंबैधानिक भएको जसपा नेपालको ठहर

विभाजनका विरुद्ध अदालत जाने अध्यक्ष यादवको भनाइ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन ।  पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताएका हुन । अध्यक्ष यादवले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाए । 
अध्यक्ष यादवले पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने स्पष्ट पारे । जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको उनको भनाइ छ । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए । अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दावी समेत उनले गरे । 
 

प्रतिक्रिया