झलनाथको गुनासो: 'पार्टी फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइयो'

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको कुरा झुटो भएको बताएका छन । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि एकीकृत समाजवादीबारे विभिन्न टिका टिप्पणी भइरहेको बेला खनालले यस्तो बताएका हुन् । आज एक विज्ञप्ती जारी गर्दै उनले छ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको गुनासो गरेका हुन । अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेको उनको आरोप छ । नेता खनालले प्रतिक्रियावादीहरू आफ्नो पार्टीविरूद्ध आइलाग्न कोसिस गरिरहेको पनि उल्लेख गरेका छन । मुलुकमा राजनीतिक शक्तिहरू ध्रूवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको बताउँदै उनले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न समेत आग्रह गरेका छन ।। 

प्रतिक्रिया