अर्थतन्त्रको जगका रुपमा रहेको घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका हुन । राष्ट्रपति पौडेलले विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता,बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्नेमा  जोड दिए । 
राष्ट्रपति पौडेलेले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्नका लागि स्वदेशी वस्तु उपभोग निर्देशिका चाँडै जारी गर्ने प्रतिबद्धता जनाए । 
मन्त्री भण्डारीले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि बिक्रीकक्ष स्थापना,स्वदेशी वस्तु बिक्री बजार,सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग जस्ता अभियानलाई राज्यले सरकारात्मक रुपमा लिएको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु,घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताए ।
मन्त्री अर्याले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको उल्लेख गरेका हुन ।

प्रतिक्रिया