राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैनः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन । आज काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताएका हुन । महामन्त्री शर्माले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । 
महामन्त्री थापाले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताए । कार्यक्रममा अभिनेत्री केकी अधिकारीले चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको बताइन । 
अभिनेतृ अधिकारीले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सिमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको समेत उल्लेख गरिन । 

प्रतिक्रिया