स्थानीय खबर

मुस्ताङमा अनाधिकृत छाँडा भुस्याहा कुकुरको आतंक

मुस्ताङमा अनाधिकृत छाँडा भुस्याहा कुकुरको आतंक

मुस्ताङ । पछिल्लो केहीवर्ष यता मुस्ताङमा अनाधिकृत छाँडा भुस्याहा कुकुरको आतंकले स्थानीय नागरिक र किसान जोखिममा परेका छन । छाडा कुकुरको नियन्त्रण तथा व्यवस्थापनमा सरोकारवाला निकायबाट निरन्तर प्रयास गरिएतापनि सफल हुन सकेको छैन । छाडा रुपमा हिडडुल गरिरहेका भुस्याहा कुकुरहरुको जत्थाले स्थानीय नागरिकहरुलाई टोक्ने, भुकेर सास्तीदिने देखि किसानको घरपालुवा जनावरलाई समेत आक्रमण गरी क्षति पु¥याउने तथा कृषकको बालीनालीमा असर पु¥याउने गरेका छन । 

मुस्ताङका भुस्याहा कुकुर व्यवस्थापन गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट बाघ छोप्ने नेपालका चर्चित प्राविधिक समेत पुगेका छन । 

लमजुङको बेसी सहरदेखि राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङ हुँदै थोरङ्लापास गरी मुस्ताङ भित्रिने पर्यटकहरुको पछिपछि लाग्दै छाँडा भुस्याहा कुकुर जोमसोम आउने गरेको एक्यापले जनाएको छ । मनाङबाट मुस्ताङ आउने विदेशी पर्यटकहरुले कुकुरहरुलाई खानेकुरा दिएर लोभ्याउने र त्यसैका कारण पर्यटकहरुलाई पछ्याउँदै छाँडा कुकुरहरु मुस्ताङ भित्रिने गरेका छन । गतवर्ष मुस्ताङमा ३ सय ४४ वटा छाँडा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको थियो । चालु आर्थिक वर्षमा पनि एक्याप कार्यालयले यहाँ छाडा कुकर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको छ ।