ADVERTISING

Breaking News

झापाका बिरामीमा भेटिएन कोरोना संक्रमण

काठमाडौं : कोरोना भाइरस संक्रमणको आशंकामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई संक्रमणको आशंकामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे । “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने संक्रमण देखिएको छैन”, उनले भने ।

leave a reply