रुस र युक्रेन विस्थापित बालबालिका आदानप्रदान गर्न सहमत

उन्नाइस हजार बालबालिका रुसी नियन्त्रणमा रहेको दाबी

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर  युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको हो । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो । सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र  फिर्ता गरेको युक्रेनले जनाएको छ । तर मस्कोले आरोप अस्वीकार गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।। 
 

प्रतिक्रिया