मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ । पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारी नेतृत्वको नौ महिने सरकारले गरेका कामको अहिले पनि चर्चा हुने गर्दछ ।  अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो । सरकारले एक सय रुपैयावाट दिन सुरु गरेको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ ।  अधिकारीको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो । उनले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए । 
 

प्रतिक्रिया