इलाम र बझाङमा हुने उपनिर्वाचनकाे मौन अवधि सुरु

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको हो । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन ।  अब मतदान सम्पन्न नभएसम्म निवाचनसम्बन्धी प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन कसुर तथा सजाय ऐन तथा तथा निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यस्तै उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट पनि मत माग्न निषेध गरिएको छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमान सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य गर्न पाइँदैन । त्यस्तै, प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ। नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न आयोगले निर्देशन दिएको छ । यही वैशाख १५ गते इलाम दुई र बझाङ एकको एकमा उपनिर्वाचन हुनेछ ।। 
 

प्रतिक्रिया