कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।  गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका  कँडेलले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका छन ।  सहमति अनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ । एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन चाहिन्छ । कँडेल गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन । 

मनमोहन स्मृति 

प्रतिक्रिया