भृकुटीमण्डपमा तीन दिने हाइड्रो एक्स्पो शुरु

स्वतन्त्र उर्जा उत्पादकहको संस्था ‘इप्पान’ को आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डलपमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ ।  एक्स्पोको आज एक कार्यक्रमविच शुभारम्भ गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । मन्त्री बस्नेतले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता बताए । 
कार्यक्रममा इप्पान का अध्यक्ष गणेश कार्कीले सरकारको सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्यमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । 
अध्यक्ष कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको पनि जानकारी दिए । जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने बताइएको छ । एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको ¥याली भएको छ । ¥यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारी साधनहरु सहभागी थिए । 

प्रतिक्रिया