काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावअघिको पाँच दलीय गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ ।
पुरानो गठबन्धनमा रहेका अरू दलहरूसँग पनि छलफल गरेर आज साँझसम्ममा औपचारिक सहमति गर्ने तयारी दुबै दलको छ ।
एमालेसँगको सहकार्य सकिएको घोषणा माओवादी अध्यक्षले गरेपछि कांग्रेस पुरानो गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गरेर गठबन्धन ब्यूताउन तयार भएको हो ।
आज दुबै दलले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपासँग छलफल गरेर गठबन्धन ब्यूताउने औपचारिक निर्णय गर्ने तयारी छ ।
आजै साँझ साँझ चारै दल बसेर औपचारिक सहमति गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
नयाँ बन्ने गठबन्धनमा अरू स–साना दललाई पनि सहभागी गराउनेबारे समेत छलफल भएको छ ।
सहमति अनुसार राष्ट्रपति नेपाली कांग्रेसले पाउने निश्चित भएको छ । अन्य विषय टुंगिन बाँकी छ ।
नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सम्मानजनक र न्यायोचित स्थान पाउने बताइएको छ ।
त्यसका लागि केही समय अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने गरी छलफल भैरहेको छ ।
चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो ।