ADVERTISING

Breaking News

प्यालेस्टाइनको शरणार्थी शिविरमा आगलागी, १० जना बालबालिकासहित २१ जनाको मृत्यु

एजेन्सी : प्यालेस्टाइनको गाजा पट्टीस्थित शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १० बालबालिकासमेत रहेका छन् ।

गाजाको जबालिया शरणार्थी शिविरमा आगलागी भएको हो । जनघनत्व बढी रहेको शिविरमा लागेको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

भान्छामा रहेको ग्यास चुहावट भएर आगलागी भएको खुलेको छ । आगलागी भएको जाबालिया गाजामा रहेको ८ मध्येको एक शिविर हो ।

वेष्ट ब्यांकमा रहेका प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

leave a reply