ADVERTISING

Breaking News

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो, सडक अवरुद्ध

काठमाडौं : लगातारको वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका २९ स्थित केराबारी र इच्छाकामना गाउँपालिका–६ को त र ३ नम्बर पुलको बीचमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सोमबार राति ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण मंगलबार बिहानबाट मात्रै पन्छाउन शुरु गरिएको छ ।

ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।

leave a reply