ADVERTISING

Breaking News

गठबन्धनबारे कांग्रेसको निर्णय स्वागतयोग्य: दाहाल

जसपा नेता भट्टराईपनि गठबन्धनमै रहने

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबिच आज सिंहदरबारमा भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्र निर्माणका विषयमा छलफल भएको नेताहरुले बताएका छन । भेटपछि अध्यक्ष दाहालले गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको बताए ।
अध्यक्ष दाहालले गठबन्धनको सम्बन्धमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा पनि जोड दिए । अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताउनु भयो । उनले आफूहरु गठबन्धन लिएर लाने पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनी सत्तारुढ गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता समेत गरेका छन ।

leave a reply