काठमाडौ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार गरेका आरोपी मनोज पाण्डे पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
सौन्दर्य प्रतियोगिता सहभागी एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।