ADVERTISING

Breaking News

कर्णाली प्रदेशसभा बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन दिउँसो एक बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सत्ता छाडेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन । प्रदेश सभामा हाल कायम ३५ सदस्यमध्ये विश्वासको मतका लागि १८ जना आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद रहेका छन् । सत्ता गठबन्धनसँग प्रदेश सभामा २३ मत रहेकाले उनले सहजै विश्वासको मत पाउने देखिन्छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । मुख्यमन्त्री नियुक्तिको १४ दिनपछि कात्तिक ३० गते एकीकृत समाजवादी पार्टी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेर एक सदस्यीय मन्त्रिपरिषद् विस्तार भएता पनि त्यसयता सरकार गठनका विषयमा कुनै छलफल हुनसकेको छैन ।

leave a reply