ADVERTISING

Breaking News

मेस्सीले जिते ‘गोल फिप्ट’ बेस्ट प्लेयर अवार्ड’

फ्रेन्च क्लब पीएसजीका फरवार्ड लियोनल मेस्सीले ‘गोल फिप्ट’ बेस्ट प्लेयर अवार्ड जितेका छन् । अर्जेन्टिनाका फरवार्ड मेस्सीले समर्थकबाट सर्वाधिक धेरै भोट प्राप्त गर्दै गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् । मेस्सीले पाँचौं पटक गोल ५० अवार्ड पाएका हुन् । मेस्सीले म्यानचेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा रहे । मेस्सीले रोनाल्डोले बनाएको सर्वाधिक धेरै यस अवार्ड जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् । मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

leave a reply