ADVERTISING

Breaking News

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको जनाएको छ । राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा तेह्रथुमका परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा २ बमोजिम नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। खापुङ जनता समाजवादी पार्टी, परियार नेकपा माओवादी केन्द्र र जोशी कांग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रमुख गोविन्द कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव पदमुक्त गरेर मन्त्रिपरिषदको सिफारिसमा तीन जना प्रदेश प्रमुख नियुक्त गरेकी हुन ।

leave a reply