ADVERTISING

Breaking News

नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने

काठमाडौं- साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको टोली भोली(सोमबार) विहान काठमाडौं आइपुग्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अनुसार नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छ । माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग तीन शुन्य गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित हुँदा पहिलो पटक ऐतिहासिक उपाधिवाट बन्चित भएको हो ।

नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले लिग चरणमा उपविजेता बन्दै फाइनलमा भारतसँग भेट पक्का गरेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । भारतसँग भने पराजित भएको थियो ।

leave a reply