ADVERTISING

Breaking News

नेपाल समूहको नयाँ पार्टी दर्ता: पार्टीको नाम नेकपा एमाले (समाजवादी) चुनाव चिन्ह खुल्ला किताब

काठमाडौ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। फुटेर बनेको नेपाल समूहको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । योसंगै लामो समयसम्म विवादमा रूमल्लिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

leave a reply