ADVERTISING

Breaking News

मन्त्रिपरिषद्मा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव लैजाने तयारी

काठमाडौ । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनस् ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको छ । केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो

leave a reply