ADVERTISING

Breaking News

सिमराका मिटर ब्याजीद्वारा ज्यान मर्ने धम्की

काठमाडौं- बाराको जितपुरसिमरा उपमहानगरपलिकाको मुख्य बजार सिमरामा मौलाउँदो ‘मिटर ब्याज’को अबैध धन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।

गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताले ज्यान मर्ने धम्की दिन थालेका छन । बारा जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर २ घर भएका सुदिप रिमाल यस क्षेत्रका चर्चित मिटर ब्याजी रहेको पाइएको छ । उनी सँगै अर्का एक पिपरा सिमराका राजेन्द्र उप्रेती समेत सहकार्य गर्दै आएको पाइएको छ ।

जसमध्ये रिमालले आफुसँगै आर्थिक करोबार गर्ने सोझा साझा मानिसलाई सहयोग गरेको झैँ गरी केही रकम सरसापटी दिने र पछि उक्त रकममा मिटर ब्याज लगाउने गरेका छन भने उप्रेती मिटर ब्याजको पैसा तिर्न भन्दै धम्काउने र ज्यान मर्ने समेत धम्की दिने गरेको देखिएको छ । हाल उनीहरु दुवै विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पक्राउ गरी आवश्यक कारबाही गरी पाउँ भन्दै निवेदन दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी समेत गरिरहेको बताएको छ ।

leave a reply