ADVERTISING

Breaking News

ओलीले गुटबन्दी गर्दै भ्रष्टाचारीलाई संरक्षण गरे: खनाल

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन् । बुधबारदेखि राजधानीमा सुरू राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै गुटको सुरूवात गरेको दाबी गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाए । उनले महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको खनालको आरोप छ । उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको सुनाए । नेताहरुले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रम अहिले पनि जारी छ ।

leave a reply