ADVERTISING

Breaking News

साझाले लामो दुरीका गाडी संचालन गर्ने

काठमाडौ । बुधबारबाटबाट साझा यातायातका लामो दुरीका गाडी चल्ने भएका छन्। चाडवाड नजिकिदै गर्दा यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको हो । सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको साझा यातायात कार्यालयले जनाएको छ ।

जाने र आउने गरी २–२ वटा गाडी  बुधबार साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने जनाइएको छ ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन्। गाडीको भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुनेछ।

leave a reply