ADVERTISING

Breaking News

विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा, एकैदिन दुई लाख बढी संक्रमित थपिए

काठमाडौं : विश्वभर कोरोना संक्रमित हुनेको संख्या बढदो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा दिनमा विश्वभर २ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । ५ हजार १ सय ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा एकै दिन ६ सय १६ जनाको मृत्यु भएको छ भने ५५ हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा मृतकको संख्या १ लाख ३२ हजार १ सय १ पुगेको छ । संक्रमितको संख्या २८ लाख ९० हजार नाघेको छ ।

ब्राजिलमा ४१ हजार ९ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६३ हजार २ सय २५ र संक्रमितको संख्या १५ लाख ४३ हजार नाघेको छ । रुसमा पनि ६ हजार ७ सय १८ जना नयाँ संक्रमित थपिएका छन । अहिलेसम्म भाइरसका संक्रमितमध्ये ९ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । ६ लाख ६९ हजारमा संक्रमण देखिएको छ । संक्रमित मुलुकको चौथो सुचिमा रहेको भारतमा एकदिनमा ४ सय ४४ जनाको मृत्यु भएको छ । २२ हजार ७ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट १८ हजार ६ सय ६९ जनाको ज्यान गइसकेको छ । ६ लाख ४९ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मेक्सिकोमा ६ सय ७९, पेरुमा एक सय ८१, चिलीमा एक सय ३१ र दक्षिण अफ्रिकामा एक सय आठ, कोलाम्बियामा एक सय जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर संक्रमितमध्ये पाँच लाख २८ हजार तीन सय ७६ जनाको मृत्यु भइसकेको छ । योसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार ३ सय ७६ पुगेको छ । १ करोड ११ लाख ८१ हजार ३ सय १५ जना संक्रमित पुगेका छन । संक्रमण देखिएकामध्ये ६२ लाख ६७ हजार ९ सय ९८ जना निको भएका छन् ।

leave a reply