ADVERTISING

Breaking News

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ हजार नाघ्यो

 

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । ७ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा १० हजार ७ सय ७९ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय ८९ नाघेको छ । उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ४५ हजार नाघेको छ । त्यहाँ २ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या ८५ हजार नाघेको छ भने ७ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा कोरोनाका कारण २ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने ४० हजार १ सयभन्दा बढी संक्रमित भएका छन् । जर्मनीमा करिव ६४ हजार संक्रमित भएका छन् भने ५ सय ६० जनाले ज्यान गुमाएका छन् । इरानमा २ हजार ७ सय ५० भन्दा बढीको कोरोनाका कारण मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४१ हजार ५ सय नाघेको छ । कोरोनाका कारण बेलायतमा १ हजार ४ सय १५, नेदरल्याण्ड्समा ८ सय ६४ र बेल्जियममा ५ सय १३ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख ५७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

leave a reply