एजेन्सी : फ्रान्स महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
गएराति नेदरल्यान्डलाई अतिरिक्त समयमा एक–शुन्य गोल अन्तरले पराजित गर्दै फ्रान्स महिला यूरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो ।
फ्रान्सका लागि इभ पेरिसेटले पेनाल्टी मार्फत निर्णायक गोल गरिन । यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्डविच प्रतिस्पर्धा हुनेछ ।