मुस्ताङमा बस दुर्घटना, २१ जना घाइते

जोमसोम—मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश—३—०१—००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बसमा चालकसहित ३० जना विद्यार्थी यात्रु सवार थिए । बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाईते भएका हुन् । प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाईतेहरुलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पु¥याएको छ । प्रहरीले बस दुर्घटनामा परेका घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको जानकारी दिएको छ । मुक्तिनाथबाट फर्किएको विद्यार्थी सवार बस बे्रकफेल भई कागबेनी माथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडककोबीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । 

प्रतिक्रिया