युरोपमा पठाउने भन्दै ठगी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । युरोपाका देशहरुमा पठाउने भनि नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४ सय २२ जनालाई ठगि गर्ने गिरोह पक्राउ परेको हो । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका चारका रमेश बयलकोटी र कालिकोट छाप्रेका दर्शन नेपाली रहेका छन । ठगी गर्ने मुख्य व्यक्ति भने भारतमा रहेको प्रहरीको भनाइ छ । 
दुबै जनाले प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनि ठगी गदै आएका थिए । उनीहरुरुले ४२२ जनाबाट करिव ३ करोड भन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले महाराजगञ्जमा सञ्चालन गरेको कन्सलटेन्सीवाट ८४ थान राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइल बरामद छ । त्यस्तै प्रहरीले सोमवार कतारबाट काठमाडौंमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा ३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेका छन । प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको र उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । 

प्रतिक्रिया