उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि ग¥योः विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरेका हुन । उपमहासचिव रिमालले कोशी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको दाबी गरे । 
उपमहासचिव रिमालले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको पनि जिकिर गरे । उनले काँग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको पनि उल्लेख गरे ।। 
 

प्रतिक्रिया