ADVERTISING

Breaking News

जग्गा धितो राखेर ऋण दिन बैंकहरुले लगाए रोक

काठमाडौ । बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जग्गा धिता राखेर ऋण दिन बन्द गरेका छन् । सरकारले गत २३ जेठमा जारी गरेको भू–उपयोग नियमावली–२०७९ ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि बैंक तथा वित्तिय संस्थाहरुले ऋण दिन बन्द गरेका हुन् । नियमावलीको भएको व्यवस्थाको कारण कहिलेसम्म जग्गा धितोमा राख्न रोकिने हो भन्ने स्पष्ट छैन । सरकारले तोकिएअनुसारको वर्गीकरण गरेपछि मात्रै धितो वा बन्धकका रुपमा जग्गाको कारोबार रोक्का गर्ने व्यवस्था गरेको छ । तर अधिकांश स्थानीय तहले अहिलेसम्म आफ्नो क्षेत्रको भूउपयोग योजना बनाएका छैनन् । सरकारले भूउपयोग नियमावलीमार्फत देशभरका जग्गालाई प्रयोग र प्रयोजनका आधारमा १० प्रकारमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो ।

leave a reply