आईपीएल क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । कोलकोताको इडेन गार्डेनमो खेल नेपाली समय अनुसार राति पौने आठ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ । त्यसैगरी पञ्जावले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जावले केवल २ खेलमा जित हासिल गरेको छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो । आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।
 

प्रतिक्रिया