एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ । मुम्बईमा गएराति पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो । पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५, रजत पटीदारले २६, कप्तान विराट कोहली २० रन जोडे । पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २÷२ विकेट लिए ।पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोनले ७०, जोनी बेयर्स्टो ६६, शिखर धवनले २१, मायांक अग्रवाल १९ रन जोडे । बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । पन्जाब छैटौं स्थानमा उक्लिएको छ । बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आईपीएल क्रिकेटमा पन्जाब किङ्स बिजयी, रोयल च्यालेन्जर्स बैंगलोर ५४ रनले पराजित
रोयल च्यालेन्जर्स बैंगलोर ५४ रनले पराजित
