ADVERTISING

Breaking News

भष्मासुरकाे यात्रामा निस्केका जात्रेहरू

  • केदार कोइराला

जिब्राे नचपाइ बाेल्नेहरू राजनीतिकाे मैदानमा हराइसके । बचेखुचेकाहरू बाेल्न छाडीसके । त्यसैले हाेला “सत्यकाे मुख थुनियाे भने बैरीकाे थुतुनाे चल्न थाल्छ” भनिएकाे । आफैंले खनेकाे खाडलमा जाकिएपछि चिच्याइ चिच्याइ बचाउकाे आग्रह गर्नेहरूलाई किन बचाउने ? माैका नपरून्जेल चराे माैका परेपछि बन्चराे बन्ने प्रवृत्ति बाेकेर राजनीति नामकाे स्याल हुइयाँ गर्नेहरूमा अझै चेत पलाएकाे छैन । इमान र जमान भन्ने अलिकति पनि अंश नभएका दलालहरूले राजनीतिकाे लगाम समाएर देखाएकाे “भष्मासुर” जात्राले मुलुकमा देखिएकाे संकटकाे निकास देला भन्ने रत्तिभर बिस्वास छैन । कबाड खाना पुर्‍याउनु पर्ने माेटरलाई जति डेन्टिङ पेन्टिङ गरे पनि त्याे थाेत्राे माेटर चढेर गन्तब्यमा पुगिँदैन भन्ने चेत यात्रुमा भएन भने दुःख बेसाउने यात्रुले नै हाे । थाेत्राे माेटरका अस्ताउँदा चालक त झन् बढी दुर्घटनाकाे नजिक छन् । कता लगेर माेटर ठाेक्काउँछन् ठेगान छैन । नबुझी नहुने सत्य चैं के हाे भने अहिले सडकमा देखिएकाे “भष्मासुर”काे लडाईं देशकाे उन्नति, प्रगति र नागरिककाे राेजीराेटीका लागि हुँदै हाेइन । यी तमासेहरूले जनताकाे साथ र हात हामीसँग छ भनेर जति हुलहुज्जत देखाउन खाेजे पनि अब भ्रममा पर्नु भनेकाे आफ्नै खुट्टाेमा बन्चराे हान्नु हाे ।

ल सुन्नाेस् दलाल नम्बर एककाे कथा, नयाँ बानेश्वरकाे तारे हाेटलमा तीन भाइ “क” श्रेणीका दलाल बसेर काभ्रे, सिन्धुपाल्चाेक, रामेछाप, सिन्धुली, ओखलढुंगा र उदयपुरका “ख” श्रेणीका दलाल बाेलाउँछन् । गाउँ गाउँबाट मान्छे ओसार्ने कामकाे बाँडफाँड हुन्छ । मान्छे ओसारपसारकाे मूल्य तय हुन्छ । पाँच/पाँच लाखकाे बैना पट्टा गरेर ती “ख” श्रेणीका दलाल निस्कन्छन् । बानेश्वरकै चलनचल्तिकाे “इन्द्रेणी” नामकाे भट्टीमा टाेले गुन्डाहरूकाे जमघट भैरहेकाे हुन्छ । तारे हाेटलबाट बैना लिएर निस्केका “ख” श्रेणीका दलालहरूकाे इन्द्रेणी प्रवेश हुन्छ । जिल्ला जिल्लाकाे जिम्मा लिने टाेले गुन्डाहरूलाई दुई/दुई लाख भुक्तानी हुन्छ । भाइहरू अब जानाेस् काम हुनु पर्छ पैसा पुगेन भने जिल्लाकाे फलानाे व्यापारी र ठेकेदारलाई सम्पर्क गर्नु हामीले उहाँहरूलाई भनिसकेका छाैं भाइहरूलाई सहयाेग गर्नु भनेर । “क” श्रेणीले “ख” श्रेणीलाई “ख” श्रेणीले टाेले गुन्डाहरूलाई अराइपराइ गरेर मान्छे ओसार पसारकाे सम्झाैता, लेनदेन टुंगिन्छ । तारे हाेटलमा विराजमान उच्च काेटीका दलाल सुरक्षा निकाय र जिल्ला जिल्लाका प्रशासकहरूलाई फाेनमार्फत आफ्ना ती भाइहरूकाे नाम टिपाउँछन् र आदेशात्मक शैलीमा सहयाेग गरिदिनु हाेला भन्दै निर्देशन दिन्छन् ।

कथा नम्बर दुई, दरबारमार्गकाे तारे कफी हाउस जहाँ पूर्व मन्त्री, सांसद र दलका केन्द्रीय सदस्यहरू भनिने उप बुज्रुकहरूकाे जमघट हुन्छ । त्याे झुन्डमा आफुलाई पत्रकार भनेर चिनाउने धन्दा चैं दलाली गर्नेहरूकाे पनि उपस्थिति हुन्छ । याे समूहले नगरेकाे र नसक्ने भन्ने कुनै कामै हुँदैन । दुई चार सय कराेडकाे धन्दा, व्यापार कफीकाे चुस्कीमै तय हुन्छन् । ठूला ठूला ठेक्का पट्टा, हाइड्राेपावरका याेजना, प्रहरीकाे सरूवा बडुवा, आर्मी पुलिसकाे दानापानी सप्लाइदेखि भाेलि हुने राजनीतिक परिवर्तन र त्यसपछिकाे सत्ताशक्तिकाे बाँडफाँड सम्म हुन्छ त्याे कफी हाउसकाे बसाईमा । सुटेड बुटेड उच्च काेटीका दरबारमार्ग दलालकाे पहिचान बनाएकाहरू साँझ परेपछि स्तरीय भट्टी र भट्टीकाे खर्च व्यहाेर्ने ग्राहक खाेज्न थाल्छन् । काजी सेर्पा पटक-पटक यस्ता उच्च काेटीका दलालकाे भट्टी बिल तिर्ने भाग्यमानी बनेका छन् ।

कथा नम्बर तीन, चाक्सी बारीमा जय नेपाल, भक्तपुरकाे गुन्डुमा अभिवादन गर्न पुग्नेहरूकाे लर्काे एकाबिहानैदेखि लाग्न थाल्छ । चक्रपथमा बद्रीकाे चिया पसल चलेकाे देख्दा रिसडाहा गर्नेहरू थपिन थालेका छन् । बिचरा बद्री भने बानेश्वरकी लक्ष्मि दिदीकाे नियतिमा पुगेका छन् । लक्ष्मि दिदीकाे चिया पसल किसुनजी र राजेन्द्र खरेलकाे नामले चलेजस्तै बद्रीकाे चिया पसलमा डा शसांक जाेडिएका छन् । किसुनजी कालमा लक्ष्मि दिदीकाे चिया पसल र श्रीराम पान पसल चलेकाे देख्दा लाग्थ्याे यी दुबै पसलले कति कमाए हाेलान् ? बाहिर बसेर हामीले साेच्ने र लक्ष्मि दिदी अनि पान पसलेकाे भित्री कथा बेग्लै थियाे । सुशील काेइरालाकाे निधनपछि श्रीराम पान पसलमा काेइरालाकाे उधाराे पानकाे मूल्य २३ हजारकाे बिल म आफैंले हेरेकाे छु । लक्ष्मि दिदीकाे मासु चिउराकाे उधाराेकाे बक्याैता मात्रै उठाउने हाे भने पनि चार आना जग्गा बानेश्वर तिरै जाेडजाम गर्न पुग्छ । उठाउने कसले ? काेसँग माग्ने ? डकार्ने गरी खाने किसुनजीकाे नाम भजाउने कतिले त सिलटिम्मुर खाइसके । बचेखुचेका पकवान साैखिनहरू त्याे बाटै हिँड्दैनन् ।

विकृत राजनीति भित्रकाे विकृति, विसंगती र भ्रष्टाचारमा चुर्लुम्म डुबेका दलीय दलाल र नेतृ्त्वबाट मुलुकले निकास पाउन सक्तैन भन्ने कुरामा अब शंका पटक्कै रहेन । जहाँसम्म लाेकतन्त्र र सार्वभाैम अधिकारकाे संरक्षण र संवर्द्धनकाे कुराे आउँछ यसमा पनि दलीय दलालकाे कुदृष्टि परिसकेकाे छ । डुंगडुंग गन्हाएका सिनाेमा प्राण खाेज्ने धृष्टता गर्नु भनेकाे आफैं दुर्गन्धित हुनु हाे । राजनीति शुद्धिकरण नगरी र त्याे शुद्धिकरण आफैंबाट श्रीगणेश नगरी याे भष्मासुरसँगकाे लडाईं जितिन्न । मुलुककाे काँचुली फेर्ने नै हाे र त्याे प्रतिबद्धतामा ऐक्यबद्ध हुने हाे भने नयाँपुस्ताकाे खाेजी गर्न ढिला नगराैं । त्याे खाेजीमा भागबन्डा खाेज्ने दुष्प्रयास पनि नगराैं । नीतिशास्त्रका नैतिकवानले गर्ने नेतृत्वबाट मात्रै अबकाे आन्दाेलनकाे सार्थकता पुष्टि हुनेछ अन्यथा ट्रम्पासुर पथका भष्मासुरहरूबाट मुलुकले निकास पाउन सक्तैन । ॐनम शिवायः

leave a reply