ADVERTISING

Breaking News

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बजेटवारे छलफल गर्न अधिवेशन बोलाइएको हो । पहिलो बैठकमा प्रत्येक दलका प्रमुखलाई शुभकामना आदानप्रदान गर्ने समय दिने कार्यसूची तयार गरिएको छ ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रि–बजेट प्रस्तुत गर्ने कार्यसुचि पनि छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा स्वास्थ्य, कृषि, रोजगार, उद्योगलाई राख्ने जनाएको छ ।

अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुनेछ । कोरोना संक्रमणको त्रासका कारण प्रदेश सभाभित्र पनि आवश्यक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । बैठक अघि तीन सय जनाको पीसीआर परीक्षण पनि गरिएको छ । सबैको नतिजा नेगेटिभ आएको छ ।

leave a reply