काठमाडौं : रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।
होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश दुई सरकारले भने आज र भोली दुई दिन विदा दिएको छ ।