ADVERTISING

Breaking News

“जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने” – माधावकुमार नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने चेतावनी दिएका छन् । मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताए । नेता नेपालले जनताको मन र भावना बुझ्नका लागि राजनीति दलले जनतालाई केन्द्रमा राख्नुपर्ने बताए ।

नेता नेपालले जनताको बहुदलीय जनवादको उपादेयता अझै रहेको बताए । उनले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिए ।

leave a reply