ADVERTISING

Breaking News

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा विराटनगरस्थित एकीकृत जाँच चौकीको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् संयुक्त रुपमा विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँ र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट आज एकै समयमा स्वीच थिचेर चौकीको शुभारम्भ गरेका हुन् ।

उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका छन् । यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने उनले बताए ।

leave a reply