काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक रहेको बताएका छन् ।
आज संसद परिसरमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताएका हुन् ।
प्रवक्ता शर्माले एकीकृत समाजवादीसंग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपनि राष्ट्रपतिका लागि योग्य भन्दै प्रवक्ता महतले सहमति भने कांग्रेस उम्मेदवारको पक्षमा जुटने दाबी गरे ।
अरु विषयमा एकीकृत समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको उनको भनाइ छ ।
यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने प्रवक्ता महतले बताए ।