काठमाडौं । बलिउड कलाकार मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा सहभागी हुन मलाइका नेपाल आएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद समेत दिइन् ।