ADVERTISING

Breaking News

रुस नियन्त्रित युक्रेनका चार शहरमा जनमत संग्रहको तयारी 

मस्कोले आफुमा गाभ्न खोजेको भन्दै पश्चिमा देशहरुको आपत्ति

रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ । रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, डोनेत्स्क, खेरसान र जापोरिझियामा जनमत संग्रह हुन लागेको हो । जनमत संग्रहमा युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन् । सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रहको तयारी रुसले गरेको हो । लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । फेब्रुअरीमा युक्रेन आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए । रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन् ।।

leave a reply