ADVERTISING

Breaking News

नेपाल दुरसञ्चार प्राधिकरणद्वारा आजबाट एमडीएमएस प्रणाली लागू

दर्ता नभएका मोबाइल नेपालमा नचल्ने

नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न प्रणाली कार्यान्वयनमा ल्याइएको हो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपाल प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । दर्ता नभएको खण्डमा नेपालमा ती मोवाइल नचल्ने प्राधिकरणले जनाएको छ । यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आजदेखि भित्रिने सबै मोबाइल भने दर्ता गर्नुपर्ने छ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । मोबाइल आयातकर्ता र बिक्रेतालाई समेत प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइल मात्रै बिक्री गर्न निर्देशन दिएको छ ।।

leave a reply