ADVERTISING

Breaking News

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परिक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३९, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् । त्यस्तै थप १ सय ३० संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । आज दुई हजार एक सय १९ जना होम आइसोलेसनमा र ७२ जना संस्थागत आइसोलेसनमा छन् । देशभर अस्पतालमा उपचाररतमध्ये १९ जना आईसीयू तथा एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

leave a reply