ADVERTISING

Breaking News

ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा शाहीले प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका हुन । अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेकाले आफु उम्मेदवार बन्न लागेको शाहीले बताए ।
प्रवक्ता शाहीले आफुलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको प्रतिक्रिया दिए । आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उहाले कांग्रेस माओवादी एमाले कसैको बिरुद्ध नभएको उनको भनाइ छ । सरकारले मंसिर चार गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेद्वारी घोषणा पनि सुरु भएको छ ।

leave a reply