ADVERTISING

Breaking News

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी काममा फर्किए

काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी काममा फर्किएका छन् । उनी कार्यालयमा हाजिर भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बर्खास्त गरे पनि उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनी काममा फर्केका हुन् ।

सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।

सरकारले विभिन्न अभियोग लगाएर छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई अदालतको अन्तिम फैसला नआउदै बर्खास्त गरिएको थियो ।

सर्वोच्चले असार २३ गते अधिकारीलाई तत्काल नहटाउ दिएको अल्पकालीन अन्तरिम आदेश कायमै रहेकोले उनलाई नहटाउन सरकारको नाममा आदेश जारी गरेको छ ।

leave a reply