ADVERTISING

Breaking News

पछिल्लो समय नेपालमा कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै खोप नलगाएका व्यक्ति

काठमाडौं : पछिल्लो पटक नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मध्ये सबैभन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पाइएको छ ।

साउन लागेसँगै संक्रमणबाट मृत्यु हुनेमध्ये ७६ प्रतिशत एक मात्रा पनि कोरोनाविरुद्धको खोप नलगाएका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउन एक गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्यु भएकोमा १३ जना अर्थात् ७६ प्रतिशतले खोप नलाएको भेटिएको हो ।

मृत्यु भएका मध्ये १३ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग रहेको तथ्यांकले देखाएको छ । मृत्यु भएका मध्ये दुई जनाले भने दुई डोज खोप लगाएका थिए । तर उनीहरु दुबै जना दीर्घरोगी भएको बताइएको छ ।

मृत्यु हुने संक्रमितमा २१ देखि ८५ वर्ष उमेर समूहका छन् । २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको जोखिमजाट बच्ने उपाय खोप नै भएकाले खोपको उपलब्धताका आधारमा सबैलाई बुस्टर दिन दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

नेपालमा खोप अभियान शुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो डोज र ७०.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । जनसंख्याको ७५ प्रतिशतलाई अझै नेपालमा बुस्टर डोज खोप लगाउन बाँकी छ ।

leave a reply